पछिल्लो २४ घण्टामा नवलपुरमा थप १०२ जनामा कोरोना पुष्टी

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ५ गते १८:४६
पछिल्लो २४ घण्टामा नवलपुरमा थप १०२ जनामा कोरोना पुष्टी

नवलपुर । नवलपुरमा  पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व ले जनाएको छ ।एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।

संक्रमित मध्ये सबैभन्दा बढी गैडाकाेट नगरपालिकामा मात्रै ३६ जना रहेका छन । त्यसैगरी कावासोती नगरपालिकामा मात्रै २४ जना रहेका छन् । त्यसैगरी मध्यविन्दु नगरपालिकामा ११,  देवचुली नगरपालिकामा ३ जना, विनयीत्रिवेणी गाउँपालिकामा १६ जना, हुप्सेकोट गाउँपालिकामा २ जना र  बुलिङ्गटार गाउँपालिकामा १ जना र  निजि अस्पतालमा गरिएको परिक्षणका क्रममा १ जनामा संक्रमण देखिएको हो । नवलपुरमा यो सँगै सकृय संक्रमितको संख्या ३८९ पुगेको छ ।

प्रकाशित : २०७८ माघ ५ गते १८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI