अनेरास्ववियु नवलपुरको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ६ गते १७:२१
अनेरास्ववियु नवलपुरको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कावासोती । अनेरास्ववियु नवलपुरले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ४ बुदें माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियु नवलपुरका संयोजक सुरज सापकोटाको नेतृत्वको टोलिले जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल मार्फत ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियुले बुझाएको ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेज हुनुपर्ने, नेपाली भूभागमा भारतिय पक्षबाट भएको अतिक्रमण कार्य तत्काल रोक्नुपर्ने, कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम र उपयुक्त माध्यमबाट पढनपाढन सञ्चालन तथा सबै विद्यार्थीलाई पूर्ण खोपको व्यवस्थापन हुनुपर्ने र दैनिक उपभोग्य बस्तुको मुल्यबृद्धि, कालोबजारी नियन्त्रण गर्नु पर्ने माग समेटिएको छ ।

मागहरु तत्काल सम्बोधन नभए थप कडा आन्दोलनको कार्यक्रमहरु घोषणा गरिने अनेरास्ववियुद्वारा बुझाईएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेरास्ववीयु केन्द्रीय सदस्य एवम् सह–इञ्चार्ज कृष्ण गैह्रे, अनेरास्ववीयु नवलपुरका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ माघ ६ गते १७:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI