No ads found for this position

चार प्रतिशत रहेको संक्रमण दर माघ पहिलो साता ४२ प्रतिशत पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ८ गते १५:५७
No ads found for this position
No ads found for this position

काठमाडौं । नेपालमा दुई साता यता कोरोना भाइरसको संक्रमण भयावह तरिकाले बढेको छ । पुस तेस्रो साता करिब ४ प्रतिशत रहेको संक्रमण दर माघ पहिलो सातामै ४२ प्रतिशत पुगेको छ ।

पुस तेस्रो साता अर्थात् पुस १८ देखि २४ गतेसम्मको तथ्याङ्क हेर्दा सङ्क्रमण दर ४.७७ प्रतिशत रहेको थियो । त्यससाता ८० हजार ५० जनाको नमुना परीक्षण हुँदा ३,८२२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

माघ पहिलो सातासम्म आइपुग्दा १ गतेदेखि ७ गतेसम्मको तथ्यांक अनुसार संक्रमण दर भयावह तरिकाले बढेर ४२.३६ प्रतिशत पुगेको छ । यसअवधिमा १ लाख ४३ हजार ९ सय ६० जनाको नमुना परीक्षण गर्दा ६० हजार ९ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअवधिमा ३ हजार ९ सय २२ जना मात्रै संक्रमणमुक्त भएका छन् भने, २२ जनाको मृत्यु भएको छ ।

पुस तेस्रो सातामा सात दिनमा ८ जनाको मात्रै मृत्यु भएको थियो । माघ पहिलो साता मृत्यु हुनेको संख्या समेत झन्डै ३ गुणाले बढेको देखिन्छ ।

गत पुस ११ देखि १७ गतेसम्म सङ्क्रमण दर २.२९ प्रतिशत रहेको थियो । सो साता ७९ हजार ६७७ जनाको नमुना परीक्षण गर्दा १,८३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

झन्डै एक साताको अन्तरमै संक्रमण दर ४ प्रतिशतबाट सोझै ४२ प्रतिशत पुग्नु आफैमा भयावह अवस्था देखिएको छ । पछिल्ला दिनहरुमा खोप लगाउन जानेको भीडले समेत संक्रमण बढाउने चिन्ता देखिएको विज्ञहरुको भनाइ छ ।

संक्रमण र मृत्यु हुनेको संख्या उग्ररुपमा बढ्दा समेत मानिसहरुले स्वास्थ्य मापदण्डको पालनामा भने लापरवाही गरेको अधिकारीहरुको भनाइ छ ।

प्रकाशित : २०७८ माघ ८ गते १५:५७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI