नेपालमा वार्षिक तीन हजार बढी कुष्ठरोगी थपिँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ९ गते ८:२५
नेपालमा वार्षिक तीन हजार बढी कुष्ठरोगी थपिँदै

काठमाडौँ । आज ६९औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ  । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।

कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि  नेपालमा नयाँ बिरामी देखिने गरेका छन् । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा  बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक छ ।

कुष्ठरोग वंशाणुगत रोग भने होइन ।  तर, परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिन सक्ने  सम्भावना भने उच्च रहने चिकित्सकहरु बताउँछन् । यदि समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपांग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने तीव्र हुन्छ ।

प्रकाशित : २०७८ माघ ९ गते ८:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI