नोबेलका सञ्चालकलाई पक्राउ गर्न निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ९ गते ११:१६
नोबेलका सञ्चालकलाई पक्राउ गर्न निर्देशन

काठमाडौं । गृह  मन्त्रालयले  चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका  सञ्चालकलाई  नियन्त्रणमा  लिएर  ठगी विरुद्धको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह  मन्त्रालयले  विराटनगरस्थित  नोबेल  मेडिकल  कलेजका  सञ्चालकलाई  नियन्त्रणमा  लिएर  मुद्दा  चलाउन  जिल्ला  प्रशासन  कार्यालय  मोरङलाई निर्देशन दिएको हो । मन्त्रालयले बिहीबार पत्र पठाउँदै नोबेल मेडिकल  कलेज  एन्ड  शिक्षण  अस्पतालका  सञ्चालक  डा.  सुनिल  शर्मालाई  नियन्त्रणमा  लिएर  मुद्दा  चलाउन  निर्देशन  दिएको  हो  ।

मोरङका  प्रमुख  जिल्ला  अधिकारी  काशीराज  दाहालले गृहले पत्र पठाएकोले त्यस अनुसार स्थानीय प्रशासनले कारबाहीको प्रक्रिया बढाउने बताए ।  चिकित्सा  शिक्षा  आयोगले  निर्धारण  गरे  बाहेकको शुल्क बुझाउन विद्यार्थीमाथि दवाव बढाउँदै  आएको  नोबेलका  सञ्चालकलाई  पक्राउ गर्न स्थानीय प्रशासनले प्रहरी परिचालन  गर्ने  भएको  खबर गोरखापत्रमा छापिएको छ ।

प्रकाशित : २०७८ माघ ९ गते ११:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI