पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १० गते ९:१९
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाल हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोे जनाएको छ । उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहको महाशाखाको भनाइ छ ।

बाँकी प्रदेशहरुमा भने आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा÷हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ ।

सोमबार (आज) दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोसमेत जनाइएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । सोमबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको जनाएको छ ।

प्रदेश १, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

साथै देशभर बदली हुने सम्भावना भएकाले चिसो बढ्ने महाशाखाको भनाइ छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ माघ १० गते ९:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI