ओमिक्रोनपछि नै कोरोना महामारी अन्त्य हुने डब्लूएचओको दाबी

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १० गते १३:३२
ओमिक्रोनपछि नै कोरोना महामारी अन्त्य हुने डब्लूएचओको दाबी

काठमाडौँ । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोनले गर्दा नै कोरोना महामारी चाँडै अन्त्य हुने बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का युराेप क्षेत्रीय निर्देशकले हान्स क्लुगले कोरोना महामारीलाई यस ओमिक्रोन भेरियन्टले नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘ओमिक्रोन भेरियन्टले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ ।’ यद्यपि आगामी मार्च महिनासम्म ओमिक्रोनबाट युरोपका ६० प्रतिशत जनता संक्रमित हुने समेत उनको भनाई थियो । यसपछि महामारी साम्य हुनसक्ने उनले विश्वास व्यक्त गरे ।

उनले पछिल्लो समय कोरोनाविरुद्धको खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको र भाइरस कमजोर हुँदै गएकोले महामारी अन्त्यको चरणमा पुगेको बताए । यसै साल सन् २०२२ को अन्त्यसम्म महामारी शान्त हुन सक्ने उनको भनाइ थियो ।

यसैगरी अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि पछिल्लाे समय कोराेना संक्रमण दर घट्दो क्रममा रहेकाे भन्दै अब कोरोना महामारी विश्वभर घट्दै जाने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : २०७८ माघ १० गते १३:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI