रुपन्देहीको घोडाहा जंगलमा भेटियो एक महिला र एक बालिकाको शव

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ११ गते १६:११
रुपन्देहीको घोडाहा जंगलमा भेटियो एक महिला र एक बालिकाको शव

वुटवल । रुपन्देहीको घोडाहा जंगलमा दुई जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय देवदहका अनुसार मंगलबार देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको हो ।

पूर्व–पश्चिम राजमार्ग छेउको जंगलमा एक अर्धबैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरी फालिएको हुन सक्ने अनुमान लगाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ ११ गते १६:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI