No ads found for this position

सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन जारी, मधेशमा भने झडप

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १२ गते १०:२९
No ads found for this position
सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन जारी, मधेशमा भने झडप
No ads found for this position

काठमाडौं । राष्ट्रियसभाको रिक्त १९ पदका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि मतदान सुरु हुने भनिएतापनि केही अबेरपछि मतदान सुरु भएको हो । यतिबेला सातै प्रदेशमा मतदान जारी छ ।

विशेषगरी ६ वटा प्रदेशमा एमाले एक्लैले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरिरहेको छ भने मधेश प्रदेशमा भने एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरेको छ ।

त्यसबाहेकका प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने एमालेले पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गरिरहेको छ ।

राष्ट्रियसभाको निर्वाचन प्राय सबै प्रदेशको स्थायी राजधानीमा भइरहेको छ ।

मधेशमा झडप

मधेश प्रदेको राजधानी जनकपुरमा भने निर्वाचन जारी रहेका बेला झडप भएको छ । जनकपुरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको हो ।

जनमत पार्टीका कार्यकर्ताहरु मतदानस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई निषेध गर्नेक्रममा झडप भएको हो । झडपाका क्रमा लाठी चार्जका साथै अश्रुग्यास प्रहार गरेको छ । स्थिती तनावग्रस्त भएपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै प्रदर्शन गरिरहेको छ । उनीहरुले धनुषाका विभिन्न स्थानहरुमा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित : २०७८ माघ १२ गते १०:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI