No ads found for this position

लुम्बिनीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १२ गते १७:५९
No ads found for this position
लुम्बिनीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनै उम्मेदवार निर्वाचित
No ads found for this position

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्नका तीन उम्मेदवार विजयी भएका छन् ।

बुधबार भएको मतदानमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

शर्माले प्रदेशसभा र स्थानीय तहका गरी ४३४४ मतभार पाए । एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेले ४३७४ र राष्ट्रिय जनमोर्चाका विश्वकर्माले ४३५६ मतभार पाए ।

त्यस्तै नेकपा एमालेका उम्मेदवारहरु रामदयाल गुप्ताले ३३७७, भारती खनालले ३३१२ र कृष्णबहादुर सुनारले ३३४८ मतभार पाए ।

प्रकाशित : २०७८ माघ १२ गते १७:५९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI