नवलपुरको जनसंख्या ३ लाख ८१ हजार १ सय ५ : पुरुष भन्दा महिला २२ हजार बढि

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १२ गते २०:२५
नवलपुरको जनसंख्या ३ लाख ८१ हजार १ सय ५ : पुरुष भन्दा महिला २२ हजार बढि

सन्जय भट्टराई/नवलपुर । नवलपुरको जनसंख्या ३ लाख ८१ हजार १ सय ५ पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नवलपुरको जनसंख्या ३ लाख ८१ हजार १ सय ५ पुगेको जनाएको हो । जनगणना २०६८ अनुसार नवलपुरको जनसंख्या ३ लाख ११ हजार ६ सय ४ रहेकोमा राष्ट्रिय जनगणना २०७८ अनुसार ६९ हजार ५ सय १ ले जनसंख्या वृद्घि भएको हो ।

यसैगरी बुधबार सार्वजनिक भएको जनगणनाको नतिजा अनुसार नवलपुरमा पुरूषको भन्दा महिलाको जनसंख्या बढी देखिन्छ। नवलपुरमा पुरूष भन्दा २२ हजार २ सय १३ बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ । नवलपुरमा अहिले २ लाख १ हजार ६ सय ५९ महिला र १ लाख ७९ हजार ४४६ रहेको छ ।

जिल्लामा सबै भन्दा धेरै जनसंख्या कावासोतीमा ८७ हजार १ सय ७६ रहेको छ । कावासोतीमा ४० हजार ८ सय ९० पुरुष र ४६ हजार २ सय ८६ महिला रहेको विभागले जनाएको छ । त्यस्तै सबै भन्दा कम जनसंख्या बौदीकाली गाउँपालीकामा रहेको छ । बौदीकालीमा ५ हजार १ सय ६४ पुरुष र ६ हजार १ सय ७५ महिला गरि ११ हजार ३ सय ३९ रहेको  विभागले जनाएको छ ।

केन्द्रिय तथ्याङक विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार जिल्लामा ८४ हजार ६ सय ९५ घर, ९५ हजार ३ सय ५८ परिवार रहेको उल्लेख गरिएको छ । ८८.९८ प्रतिशत लैगिंक अनुपात रहेको जिल्लामा जनघनत्व २६७ वर्ग किमी, परिवार को आकार प्रति परिवार ४ जना र जनसंख्या वृद्धिदर १.९३ प्रतिशत रहेको केन्द्रिय तथ्याङक विभागले जनाएको छ ।

त्यसै गरि जिल्लाको कुल जनसंख्याको  ४४ हजार ८ सय ७९ विदेशमा रहेका विभाग द्वारा सार्वजनिक प्रारम्भिक तथ्याङकमा उल्लेख छ । प्रारम्भिक तथ्याङक  अनुसार ३७ हजार ९ सय ४२ पुरुष र ६ हजार ९ सय ३६ महिला देश बाहिर रहेका हुन ।

 

प्रकाशित : २०७८ माघ १२ गते २०:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI