बेल्डिहाको ब्युटिपार्लरमा दिउसै चोरी

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १३ गते १३:४६
बेल्डिहाको ब्युटिपार्लरमा दिउसै चोरी

नवलपुर । नवलपुरको गैंडाकोट-१३ बेल्डिहामा बिहिबार दिउसै चोरी भएको छ ।

पुरानो बेल्डिहामा रहेको अस्थायी प्रहरी पोस्टको करिब ७ सय मिटर नजिकै कौशिला काफ्ले महतोले सन्चालन गरेको कौशिला ब्युटिपार्लरमा दुई जना अज्ञात व्यक्ति प्रवेश गरि १ लाख ७५ हजार बराबरको नगद र सामान चोरी गरेका नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिउँसो करिब १:४५ बजेको समयमा ब्युटिपार्लरमा रहेको नगद १ लाख ४० हजार र २५ हजार बराबर लोटस कृम चोरी भएको हो ।

चोरीमा संलग्न दुवै व्यक्ती फरार रहेका र ऊनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ १३ गते १३:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI