कोइकाद्वारा किसानलाई औजार

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १४ गते १४:३०
कोइकाद्वारा किसानलाई औजार

राज चापागाई/पूर्वी नवलपरासी
मधबिन्दु नगरपालिका टांडिका किसानलाई कोइकाले कृषि औजार हस्तान्तरण गरेको छ । शुक्रवार मध्यबिन्दु नगरपालिका वडा नम्बर ६ टांडिमा आयोजिक एक समारोहमा त्यहाका किसानलाई ६ वटा हाते ट्रयाक्टर र ४९ वटा बिरुवा रोप्ने औजार हस्तान्तरण गरिएको हो ।


औजार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मध्यबिन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले मेहेनती किसानलाई कृषिमा ब्यबसायीकीकरण गर्न कोइकाले औजार हस्तान्तरण गरेर ठुलो गुन लगाएको बताए । औजारको प्रयोगले कृषिको ब्यबसायीकीकरणमा बल पुग्ने उनले चर्चा गरे । नगरपालिका हरतरहले किसानलाई सघाउन लागि परिरहेको भन्दै मेयर रानाले दक्षिण कोरियाली संस्था कोइको निरन्तर सहयोगको अपेक्ष गरे ।
प्रबिधि हस्तान्तरणको सहयोगि संस्था गुड नाइभर्सका टिम लिडर लोकबहादुर थारुले दक्षिण कोरियाको संस्था कोइकाले यहाका किसानको जिवनस्तर उकास्न र ब्यबसायिक कृषि खेतीमा सघाउन करिब १० लाख मुल्य बराबरको कृषि औजार ( हाते ट्रयाक्टर र बिरुवा रोप्ने औजार) हस्तान्तरण गरेर कृषकसंग हातेमालो गरेको जानकरी दिए । उनले अन्य मध्यबिन्दु नगरपालिकाकै अन्य वडामा सिंचाई , दुग्धबिकास, ब्यबसायिक तरकारी खेतीमा कोइका, गुडनाइर्भस र सहमती संस्थाले औजार र प्राबिधिक सहयोग गर्र्दै आएको सुनाए । सहमती संस्थाले यस्को कार्यान्वयन पक्ष हेर्दै आएको छ ।


कृषि औजार पाएर कृषक उत्साहित भएको र ब्यबसायीक खेतीकालागि यस्ले ठुलो फडको मार्न सहयोग पुग्ने स्थानिय किसान रमाकान्त भण्डारीले बतँए ।  स्थानिय कृषक रन्नता पौडेलले सहमती र गुड नाइभर्स इन्टरनेसनल ( जीएनआई) जस्ता संस्थाले कृषिको ब्यबसायीकीकरण गर्न र उत्पादन बढाउनेकाममा सहयोग गर्दै आएको सुनाइन ।

मध्यबिन्दु नगरपालिकाका उत्कृष्ठ र ब्यबसायिक किसानलाई ति औजार हस्तान्तरण गरिएको हो । कृषि औजारको प्रयोगले ब्यबसायिक खेती र उत्पादन बृद्धि हुने बिश्वास लिइएको छ ।

प्रकाशित : २०७८ माघ १४ गते १४:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI