No ads found for this position

यस्तो रह्यो लताको जीवन, बुबाको मृत्युपछि आफैँ लिइन् परिवारको जिम्मेवारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २४ गते ९:५०
No ads found for this position
यस्तो रह्यो लताको जीवन, बुबाको मृत्युपछि आफैँ लिइन् परिवारको जिम्मेवारी
No ads found for this position

काठमाडौं । स्वर साम्राज्ञी, सुमधुर स्वरकी धनी तथा कोइलीको उपमा पाएकी  भारतीय गायिका लता मंगेशकर आज हामी बीच छैनन् ।  लता  महाराष्ट्रमा थिएटर कम्पनी चलाउने त्यस समयको प्रख्यात कलाकार दीनानाथ मंगेशकरकी जेठी छोरी हुन्  । उनको जन्म २८ सेप्टेम्बर १९२९ मा इन्दौरमा भएको थियो । उनको  ९२ वर्षको उमेरमा आज निधन भएको छ ।  कोभिड-१९को सङ्क्रमण भएपछि मंगेशकरलाई जनवरी ११ मा मुम्बईको ब्रीच केण्डी अस्पताल भर्ना गरिएको थियो। पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर निमोनिया निको नहुँदा उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

मधुवालादेखि माधुरी दीक्षित र काजोलसम्म हिन्दी सिनेमाको पर्दामा ठुला अभिनेत्रीलाई लता मंगेशकरले आफ्नो आवाज दिएकी छन्। ३६ भाषामा ५० हजार भन्दा बढी गीत रेकर्ड गराएकी लताका नाममा सन् १९७४ देखि १९९१ सम्म हरेक वर्ष सबैभन्दा बढी गीत गाउने गायिकाको नाममा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ मा रेकर्ड बनाएकी थिइन् ।  भजन, गजल, कव्वाली शास्त्रीय सङ्गीत वा साझा फिल्म गीतहरू लताले सबैलाई समान महारतको साथ गाइन्। लता मंगेशकरका फ्यान लाखौँमा होइन करोडमा छन् ।

भारत छोड आन्दोलन चरम उत्कर्षमा पुगेको बेला १९४२ मा उनका बुबाले १३ वर्षकी लातालाई छोडेर संसारबाट बिदा भए ।  जसलाई परिवारको सम्पूर्ण खर्च आफ्नो काँधमा उठाउने  जिम्मेवारी आयो ।

बुबाको मृत्युपछि घरका सबै जिम्मेवारी लता मंगेशकरमाथि आयो। एक अन्तर्वार्तामा लता मंगेशकरले भनेकी थिइन् ‘घरका सबै सदस्यहरूको ममाथि जिम्मेवारी थियो। यस्तो अवस्थामा विवाहको विचारमा आए पनि पुरा गर्न सक्दिन थिए। सानै उमेरमा काम गर्न थालेँ। मैले सोचे मैले पहिले भाइबहिनीहरूको व्यवस्था गरु । फेरी बहिनीको बिहे भयो, बच्चाहरू भए। तब तिनीहरूलाई सम्हाल्ने जिम्मेवारी आयो। यसरी समय बित्दै गयो । ‘

उस्ताद अमन अली खान र अमानत खानकी सङ्गीत शिक्षिका लिएकी लताले जीविका चलाउनका लागि सङ्घर्ष गर्नुपर्‍यो, उनले १९४२ मा एक मराठी फिल्म  ‘किती हासिल’ मा गीत गाउँदै आफ्नो करियर शुरू गरिन् , तर पछि यो गीत फिल्मबाट हटाइयो। यसको ५ वर्षपछि आजाद र लता मंगेशकरले हिन्दी फिल्महरूमा गाउन सुरु गरे । ‘आपकी सेवा मे’  पहिलो फिल्म थियो जसमा  उनको गायनले सजाइएको थियो तर उनका गीतहरूले खासै चर्चा पाएन ।

लताको स्वर पहिलो पटक १९४९ बाट चम्कियो । सोही वर्ष चार फिल्म ‘बरसात’, ‘दुलारी’, ‘महल’ र ‘अन्दाज’ रिलिज भयो। ‘महल’मा गीत ‘आएगा आने वाला आएगा’ गाए पछि  हिन्दी फिल्म इंडस्ट्रीले उनको आवाज धेरै अघि बढ्ने अनुमान लगाइयो । सो समय हिन्दी फिल्म सङ्गीतमा शमशाद बेगम, नूरजहां र जोहराबाई अम्बालीवाली जस्ता गहन आवाजका धनी गायकहरूले राज गर्थे।

लता मंगेशकरले शुरुका वर्षहरूमा धेरै सङ्घर्ष गर्नुपरेको थियो । कयौँ फिल्म निर्माता र सङ्गीत निर्देशकले उनको आवाज ठिक भए पनि उनलाई गीत गाउने अवसर दिन इन्कार गरे।

ओपी नाय्यर बाहेक लता मंगेशकरले सबै ठुला सङ्गीतकारसँग काम गरेकी छन् ।  मदनमोहनको गजल र सी रामचन्द्रको भजनले मानिसहरूको मानसपटलमा अमिट छाप छोडेको छ। ५० को दशकमा नूरजहाँ पाकिस्तान गएपछि लता मंगेशकरले हिन्दी फिल्म पार्श्ववनमा एकछत्र साम्राज्य स्थापना गरिन्। उनलाई चुनौती दिन सक्ने कुनै यस्तो गायक आएनन् जसले कहिल्यै उनलाई ठुलो चुनौती दिन सकुन्।

बेजोड र सधैँ शीर्ष स्थानमा रहँदा पनि लता सधैँ उत्कृष्ट गायनको लागि रियाजको नियमको पालना गरिन्, उनीसँग काम गर्ने प्रत्येक सङ्गीतकारले उनले सधैँ गीत गाउन कडा परिश्रम गरेको बताउने गर्थिन्। लताले सबैभन्दा ठुलो पुरस्कार भनेको लाखौँ प्रशंसकहरू बीच एक सम्मानित जिवन बिताइन् । उनले दादासाहेब फाल्के पुरस्कार र भारतको सर्वोच्च सम्मान ‘भारतरत्न’ पाएकी छन्।

प्रकाशित : २०७८ माघ २४ गते ९:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI