बाघको आक्रमणमा परेर गैंडाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २५ गते १४:४४
बाघको आक्रमणमा परेर गैंडाको मृत्यु
File Photo

नवलपुर : चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी एक वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।

बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। गैँडाको  खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए ।

बाघले  गैडाको प्रजनन अंग समेत खाएकाले केटा या केटी के हो छुटयाउन नसकिएको तिवारीले बताए ।

निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन्।

प्रकाशित : २०७८ माघ २५ गते १४:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI