चौथो गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कावासोतिलाई

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ३ गते १९:३४
चौथो गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कावासोतिलाई

बुलिङटार । बुलिङटारमा आयोजना गरिएको चौथो गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कावासोती नगरपालिकाले जितेको छ ।

मंगलबार सम्पन्न फाईनल खेलमा कावासोती नगरपालिकाले गैंडाकोट नगरपालिकालाई १-० ले पराजित गर्दै प्रतियोगिताको चौथो संस्करणको उपाधी हात पारेको हो ।

उपाधी सँगै कावासोतीले नगद १ लाख ३५ हजार र दोस्रो भएको गैंडाकोटले नगद ७५ हजार हात पारेको छ ।

विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्दै बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशि किरण बस्ताकोटीले स्थानिय स्तरमा रहेका खेलाडी हरुको खेल क्षमता विकाश गर्नका निमित्त खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए ।
बास्ताकोटीले खेलाडीहरु देशको पहिचानको माध्यम भएकाले राज्यले खेलकुद क्षेत्रमा प्रयाप्त रकम कछुट्याउनु पर्ने बताएका थिए ।

प्रकाशित : २०७८ फागुन ३ गते १९:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI