बुटवलमा झण्डै एक करोडको सामान बरामद

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ६ गते ७:११
बुटवलमा झण्डै एक करोडको सामान बरामद

बुटवल ६ फागुन ।

बुटवलमा प्रहरी तथा राजश्वको टोलीले झण्डै एक करोड बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अबैध गोदामबाट रु.८६ लाख ८ हजार ६ सय रुपैया बराबरको अबैध जुत्ता, चप्पलहरु बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि पिकअप गाडी र २ जना ब्यक्तिहरुलाई सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ । जिप्रका रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलका अनुसार जिप्रकाबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउसो करिब १२:३० बजे बुटवल १ तिनाउपुल स्थित पिकअप सवारी साधनबाट र बुटवल ५ स्थित गोदामबाट गरी सो रकम बराबरको सामान बरामद गरेको हो ।

तिनाउ पुल स्थितबाट चालक सैनामैना २ का कृष्ण थापाले चलाई ल्याएको लु.१ ज.३१६७ नं.को पिक अप सवारी साधनलाइ चेकजाच गर्ने क्रममा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको १२ लाख बराबरको सामान बरामद भएको थियो । त्यहाँबाट जुत्ता १८८ जोर र थान कपडा १२९६ मिटर बरामद गरी चालक र पिकअपमा सवार सैनामैना २ का तुलसी थारुलाई सवारी साधन र बरामद सामान सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अबैध सामान भण्डारण गर्ने गरिएको अबैध गोदामलाई पहिचान गरी छापा समेत मारिएको छ । प्रनाउ पौडेलका अनुसार बुटवल उप महानगरपालिका वडा नं.५ बिकाशपथमा रहेको गोदाममा जिप्रकाकोे प्रहरी टोली र राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले संयुक्त छापा मारेको थियो । छापा मार्दा उक्त गोदाम भित्र राखिएका ६हजार १ सय ३४ जोर ३१ कार्टुन बिभिन्न किसिमका जेन्स तथा लेडिज जुत्ताहरु, ५हजार २ सय ५० जोर बिभिन्न किसिमका जेन्स तथा लेडिज चप्पलहरु र ३ सय २५ जोर सेण्डिल बरामद गरिएको थियो । ती सामान अबैध रहेको र ७४ लाख ८ हजार ६ सय बराबरको रहेको प्रहरीको भनाइ छ ।

बरामद गरिएका बिभिन्न किसिमका जुत्ता, चप्पल र सेण्डिलहरु राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको जिप्रकाले जनाएको छ ।

लुम्बिनीखोज डटकमबाट

प्रकाशित : २०७८ फागुन ६ गते ७:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI