हुप्सेकोटमा लागुऔषध सहित १ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १० गते १०:४६
हुप्सेकोटमा लागुऔषध सहित १ जना पक्राउ

नवलपुर । नवलपुर मा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । नवलपुरको हुप्सेकोट गाउँपालिका १ जुगेपानी निवासी ३५ बर्षीय मंगल पुन लागुऔषध सहित पक्राउ परेका हुन्

मंगल पुनको घर कोठामा विशेष सूचनाको आधारमा खान तलासी गर्दा लागुऔषध बरामद गरेको प्रहरी चौकी हुप्सेकोटले जनाएको छ । उनको घरबाट प्रहरीले फेनारगन २४ एम्पुल, नुफिन २२ एम्पुल, डाईजापाम २१ एम्पुल र नाम नखुलेको निलो रङको ट्याबलेट १ सय ९६ पिस बरामद गरेको हो ।

पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि अनुसन्धान थालिएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ फागुन १० गते १०:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI