पल शाहसँग नवलपुरको सरकारी वकिल कार्यालयमा बयान लिईदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २५ गते १४:२१
पल शाहसँग नवलपुरको सरकारी वकिल कार्यालयमा बयान लिईदै

नवलपुर । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका नायक पल शाहसँग नवलपुरको जिल्ला सरकारी वकिलको कार्यालयमा अहिले बयान लिन सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले शाहलाई थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराईएको बताए ।

शाहसँग यतिबेला सरकारी वकिल कार्यालयमा बयान लिने काम सुरु भएको बताईएको छ ।

बलात्कारको आरोपमा तनहुँ प्रहरी को हिरासतमा रहेका शाहलाई सोही आरोपमा नवलपुरको ईलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि उजुरी परे पछि थप अनुसन्धानको लागि भन्दै मंगलबार गैंडाकोट ल्याईएको थियो । शाह विरुद्धको आरोपको अनुसन्धान नसकिदा सम्म उनलाई नवलपुरमै राख्ने तयारी रहेको प्रहरी स्रोतले बतायो ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटमा पल विरुद्ध गैंडाकोटकै एउटा रिसोर्टमा नाबालिकालाई बलात्कार गरेको उजुरी परेको थियो ।

प्रकाशित : २०७८ फागुन २५ गते १४:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI