संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २६ गते ९:५२
संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

घटनास्थलमा उद्धारकार्य जारी छ ।

प्रकाशित : २०७८ फागुन २६ गते ९:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI