ताप्लेजुङको आगलागीमा परी एकको मृत्यु, आगो नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २७ गते ९:५९
ताप्लेजुङको आगलागीमा परी एकको मृत्यु, आगो नियन्त्रणमा

ताप्लेजुङ : फुङ्लिङ नगरपालिका ४ को कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीबाट एक वृद्धाको मृत्यु भएको छ। स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ। मादेनको घरमा डेरा गरी बस्ने अन्दाजी ६० वर्षीया वृद्धाको आगलागीमा परी मृत्यु भएको हो।

आगलागीमा परी घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको फुङ्लिङ नगरपालिकाका मेयर  छत्रपति प्याकुरेलले बताए।

उनका अनुसार अहिले आगो नियन्त्रणमा आएको छ। सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलले केही बेरअघि आगो नियन्त्रणमा लिएको हो। आगो लाग्नुको कारण खुलेको छैन। आगलागीबाट भएको क्षतिसमेत अहिले यकिन भएको छैन।

प्रकाशित : २०७८ फागुन २७ गते ९:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI