आफ्नो फेसबुकको स्क्रिनशट कसैले लिन नसकोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २९ गते १३:५९
आफ्नो फेसबुकको स्क्रिनशट कसैले लिन नसकोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । तपाईँ हामी सधैँजसो सामाजिक सञ्जालमा सक्रिय भइरहेकै हुन्छौं । कतिपयका लागि त सामाजिक सञ्जाल बिहानीसँगै दिनको सुरुवात र राति सुत्नु अघिको नित्यकर्म नै बनिरहेको हुन्छ ।

हामीले चलाइरहेका सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, ट्वीटर आदिमा दिनहुँ नयाँनयाँ फिचरहरू आइरहेका हुन्छन् । त्यसमध्ये कतिपय फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन्छन् भने केही चाहिँ  निश्चित क्षेत्रभित्र वा प्रयोगकर्ताका लागि मात्र लक्षित गरिएको हुन्छ ।

तोकिएका केही निश्चित भूगोलमा मात्र प्रयोग गर्न मिल्ने फेसबुकका तमाम फिचरहरू मध्येको एउटा फिचर हो, प्रोफाइल गार्ड । यसले तपाईँको फेसबुक प्रोफाइल तथा टाइमलाइनको सुरक्षा गरिरहेको हुन्छ ।

यो फिचर एक्टिभ गरिसकेपछि कसैले तपाईँको टाइमलाइन स्क्रिनशट गर्न, प्रोफाइल पिक्चर डाउनलोड गर्न वा स्क्रिनशट लिन सक्दैन । यसले गर्दा तपाईँले राखेका केही संवेदनशील फाइल वा अन्य कुनै पोस्ट सुरक्षित रहन सक्छन् ।

यदि तपाईँलाई आफूले फेसबुकमा राखेका पोस्ट अरू कसैले स्क्रिनशट नगरोस् भन्ने चाहना छ भने प्रोफाइल गार्ड फिचर प्रयोग गर्न सक्नुहुन्छ । तर नेपालमा यो फिचर त्यति सहजै एक्टिभेट गर्न भने सकिँदैन ।

तर आज हामी तपाईँलाई नेपालमै रहेर यो फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा बताउँदै छौँ । यदि तपाईँ नेपाल बाहिर हुनुहुन्छ, जहाँ यो फिचर एक्टिभेट गर्ने सुविधा दिइएको छ भने फेसबुक एपबाट सजिलै प्रोफाइल गार्ड राख्न सक्नुहुन्छ ।

त्यसका लागि आफ्नो टाइमलाइनमा जानु भयो भने गोलाकार घेराभित्र आफ्नो प्रोफाइल फोटो देख्न सक्नुहुनेछ । गोलाकार रेखाको तलतिर क्यामेराको अप्सन रहेको हुन्छ ।

यदि तपाईँले त्यसमा दबाउनु भयो भने ‘किप गार्ड अन योर प्रोफाइल’ भन्ने अप्सन देखिन्छ । त्यसमा गएर तपाईँले सहजै गार्ड फिचर एक्टिभेट गर्न सक्नुहुनेछ ।

तर तपाईँ नेपालमा अथवा नेपालजस्तै अन्य कुनै क्षेत्रमा हुनुहुन्छ, जहाँ फेसबुकले यो फिचर उपलब्ध गराएको छैन भने अर्को विधि अपनाउनु पर्ने हुन्छ ।

नेपालबाट फेसबुकमा कसरी राख्ने प्रोफाइल गार्ड ?

  • यसका लागि सबैभन्दा पहिला यहाँ क्लिक गरी गुगल प्ले स्टोरबाट आफ्नो मोबाइलमा मोनोकाइ टुलकिट (Monokai Toolkit) एप डाउनलोड गर्नुहोस् ।
  • अब एपमा आफ्नो अकाउन्टको आईडी र पासवर्ड राखेर लग इन गर्नुहोस् ।
  • त्यसपछि यो एपले तपाईँलाई एउटा नयाँ पेजमा लिएर जानेछ । जहाँ फेसबुकको वेब भर्सन जस्तो इन्टरफेस देखिन्छ । तर वास्तवमा यो वेब भर्सनभन्दा फरक छ ।
  • नयाँ पेजको तलतिर चारओटा अप्सन (फिड, मेसेज, टुल र सेटिङ) देखिन्छन् ।
  • त्यसपछि टुलमा ट्याप गर्नुहोस् ।
  • टुलमा गइसकेपछि अर्को पेज खुल्छ । जसमा माथि तपाईँको प्रोफाइल र नाम राखिएको हुन्छ । नाम भएको अलिक तल सर्चबार देखिन्छ । सर्चबारबाट दायाँपट्टि हेर्नुभयो भने अन्य तीनओटा अप्सन देखिनेछन् ।
  • त्यसमध्ये सुरुमा रहेको मोनोकाइ पोइन्ट्स (monokai points) तत्कालका लागि कुनै काम छैन । बीचमा रहेको आइकन पर्सनलमा जानुहोस् । जसमा गार्ड एक्टिभेट गर्ने फिचर समेत समावेश गरिएको छ ।
  • तपाईँले पर्सनलको आइकनमा ट्याप गर्नुभयो भने सबैभन्दा पहिले अवतार गार्ड देखिन्छ । त्यसलाई अन गर्दा तपाईँको प्रोफाइलमा गार्ड फिचर स्वतः एक्टिभेट हुन्छ ।

*तर ख्याल राख्नुहोस्, यो फेसबुकको एप नभएर थर्डपार्टी एप हो । त्यसैले यो एप प्रयोग गर्ने जोखिम लिने वा नलिने आफैँ विचार गर्नुहोस् । अर्को विकल्प भनेको तपाईँले आफ्नो प्रोफाइलमा गार्ड राखिसकेपछि यो एपबाट लगआउट गरी आफ्नो फेसबुकको पासवर्ड परिवर्तन गर्न पनि सक्नुहुन्छ ।

प्रकाशित : २०७८ फागुन २९ गते १३:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI