गैंडाकोटको मेयरमा उम्मेदवारी दिने युवा नेता पराजुलीको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ७ गते ९:४४
गैंडाकोटको मेयरमा उम्मेदवारी दिने युवा नेता पराजुलीको घोषणा

नवलपुर । नेपाली कांग्रेसका युवा नेता कमल प्रसाद पराजुलीले आगामी स्थानीय तहको निर्वाचनमा गैंडाकोट नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिने बताएका छन ।

लामो समय देखि नेपाली कांग्रेसको राजनीति र सामाजिक रुपान्तरणको अभियानमा सक्रिय रहेका पराजुलीले नवलपुर टाईम्स सँगको कुराकानीमा गैंडाकोटको नगर प्रमुख पदमा उम्मेदवारी दिने बताएका हुन ।

मौलाकालिका सामुदायिक सिकाई केन्द्र मार्फत गृहिणी शिक्षाको सुरुवात, साविक गैंडाकोटलाई पुर्ण साक्षर घोषणा गर्ने अभियानको नेतृत्व, जनक माविको लामो समय अध्यक्ष बनेर शैक्षिक गुणस्तरमा संस्थागत विद्यालयसङ्ग प्रतिस्पर्धामा अब्बल बनाई जनक मावि गैंडाकोटलाई जिल्लाकै उत्कृष्ट गराउन नेतृत्वदायी भुमिका,जनक कलेज गैंडाकोटको बहालवाला अध्यक्ष ,सामुदायिक बन,खानेपानी संस्था र सामुदायिक बन महासंघमा काम गरेको अनुभव संगालेका पराजुलीसँग नेविसंघको जिल्ला पदाधिकारी तथा नेपाल तरुण दलको पुर्व केन्द्रिय सदस्य, तथा नेपाली काङ्ग्रेसको जिल्ला सदस्य बनेर काम गरेको अनुभव रहेको छ ।

पराजुलीले आफू नगर प्रमुखको उम्मेद्बार भई निर्वाचित भएको अवस्थामा गैंडाकोटलाई सुशाशन सहितको विकाशको बाटोमा अगाडी बढाउने तथा नगरको मानव विकास सुचांकलाई वृद्धि गर्दै सम्मुनत नगर बनाउने कार्ययोजना अगाडि बढाउने बताए ।

“अहिले पनि नगरमा अनेकन व्यथिती छ्न, आवश्यक कानुनहरु अझै निर्माण हुन सकेको छैन, पर्यटकिय र ऐतिहासिक महत्व बोकेको नगरलाई चिनाउने गरि काम हुन सकेको छैन, दलिय द्वन्दमा नगर अल्मलिएको छ, आर्थिक पारदर्शिता छैन, यी लगाएत यावत समस्या समाधानका लागि पनि नगर प्रमुखमा मेरो उम्मेदवारी रहन्छ” पराजुलीले भने ।

“सहकारी र सामुदायिक वनले गर्दा चिनिएको गैंडाकोटलाइ अगाडि बढाउन सहकारी र सामुदायिक वन र जनतालाई सँगसँगै लिएर हिडन समेत जरुरी छ, म निर्वाचित भए गैंडाकोटको पहिचानको रुपमा रहेको सहकारी, सामुदायिक वन सँग सहकार्य गर्दै सम्मुन्न्त नगर निर्माण गर्ने गरि अगाडि बढने छु” पराजुलीले बताए ।

प्रकाशित : २०७८ चैत ७ गते ९:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI