धनुषामा पाँचजना सवार मोटरसाइकल दुर्घटना हुँदा चारजनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १५ गते ७:२२
धनुषामा पाँचजना सवार मोटरसाइकल दुर्घटना हुँदा चारजनाको मृत्यु

जनकपुरधान । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका २ मा सोमबार साँझ अनियन्त्रित भई भएको दुर्घटनामा परी चार बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । एकजना घाइते भएका छन् ।

एकै मोटरसाइकलमा पाँच जना सवार रहेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनकाअनुसार ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा सबैला २ बस्ने १२ वर्षीय लक्ष्मी यादव, वर्ष १५ का राहुल यादव, १४ वर्षका सुमित यादव र वर्ष १२ का विकास यादव रहेका छन् । राहुल मोटरसाइकल चालक हुन् । दुर्घटनामा वर्षीय १९ का सुरेन्द्र यादव घाइते भएका छन् ।

मृतहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा पोस्टमार्ट हुने छ ।

प्रकाशित : २०७८ चैत १५ गते ७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI