टिकटकमा क-कसको भिडिओ हेर्नुभयो ? अब थाहा पाउन सकिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १६ गते १५:३८
टिकटकमा क-कसको भिडिओ हेर्नुभयो ? अब थाहा पाउन सकिने

काठमाडौं । सन् २०२१ मा इन्स्टाग्रामलाई पछि पार्दै विश्वमा सर्वाधिक डाउनलोड भएको भिडिओ शेयरिङ एप टिकटकको लोकप्रियता दिनानुदिन बढ्दो छ । टेकक्रन्चले हालै प्रकाशित गरेको एक समाचारमा टिकटकले एपमा वाच हिस्ट्रीको फिचर ल्याउन लागेको बताइएको छ ।

विगतमा युट्यव, नेटफिल्क्सजस्ता भिडिओ शेयरिङ प्लेटफर्ममा मात्र उपलब्ध वाच हिस्ट्री फिचर केही समयअघि फेसबुकले पनि ल्याएको थियो ।

वाच हिस्ट्री फिचरको माध्यमबाट प्रयोगकर्ताले विगतमा आफूले कुन-कुन भिडिओ हेरेका थिए भनेर जानकारी पाउन सक्छन् ।

कतिपय अवस्थामा भिडिओ आधा हेरेकै बेला, साइट रिफ्रेश भएर भिडिओ हराउँछ । त्यस्तो अवस्थामा पहिले हेरेको आधा भिडिओ पुनः त्यही ठाउँबटा हेर्न वाच हिस्ट्री फिचर निकै आवश्यक हुन्छ ।

सामाजिक सञ्जाल परामर्शदाता माट नाभार्राले एक ट्वीटर प्रयोगकर्ता हमोड ओहको ट्वीट रिट्विट गर्दै टिकटकमा नयाँ फिचर ‘वाच हिस्ट्री’ आउन लागेको जानकारी दिएका हुन् ।

हामोड ओहले ट्वीटरमा टिकटकले एपमा ‘वाच हिस्ट्री’ फिचर परीक्षण गरिरहेको भन्दै एउटा स्क्रिनशट पोस्ट गरेका छन् । उक्त स्क्रिनशटमा सेटिङमा भएका अप्सनहरू समावेश छन् ।

सेटिङमा गई ‘कन्टेन्ट एन्ड एक्टिभिटी’मा ट्याप गरिसकेपछि प्रयोगकर्ताले अर्को इन्टरफेस देख्नेछन्, जसमा ‘वाच हिस्ट्री’ फिचर समावेश हुनेछ ।

हाल याे फिचर कस्तो हुनेछ वा त्यसमा के के कुरा समावेश हुने भन्नेबारे केही जानकारी आइसकेको छैन ।

यो फिचर प्रयोगकर्ताले कहिले प्रयोग गर्न पाउनेछन् भन्ने बारे पनि टिकटकले केही खुलाएको छैन । हाल परीक्षणकै चरणमा रहेकाले यसको सफलतापछि यो फिचर सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने अनुमान गर्न सकिन्छ ।

प्रकाशित : २०७८ चैत १६ गते १५:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI