नेपाल टेलिकमको अल नेट भ्वाइस प्याक अफर

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १७ गते १२:०८
नेपाल टेलिकमको अल नेट भ्वाइस प्याक अफर

काठमाडौं । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक अफर ल्याएको छ । टेलिकमले जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँ र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध गराइएको जनाएको छ ।

यसैगरी, बिहान ५ देखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने जनाइएको छ ।

साथै, आवश्यकताअनुसार बिहान ५ देखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट र १५ रुपैयाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

टेलिकमले ५९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरेको छ । ५९९ रुपैयाँमा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन एक जीबी डाटा चलाउन सकिनेछ ।

साथै, ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने जनाइएको छ ।

नयाँ प्याक यही चैत १७ देखि आउँदो वैशाख ४ गतेसम्म खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत १७ गते १२:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI