नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २९ गते १०:०२
नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?

ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्को राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । तर यहाँ अन्य ग्रहहरूको बिम्ब सानो हुने भएकाले संक्रान्ति काल वा समय अत्यन्त थोरै रहन्छ । यसकारण अन्य ग्रहहरूको संक्रान्तिको प्रचलन नरहेर सूर्य संक्रान्ति महत्त्वपूर्ण एवं प्रसिद्ध छ । सूर्यको बाह्र संक्रान्ति मध्ये मेष संक्रान्ति (बैशाख संक्रान्तिबाट नै नेपालीहरूको नयाँ वर्षको आरम्भ हुने र सूर्य ग्रह मीन राशिबाट मेष राशिमा जाने भएकाले यसलाई मेष विषुवत् संक्रान्ति भनिन्छ ।

मेषसंक्रान्तितो यावत्षण्मासं विषुवत्फलम् ।
तुलासंक्रान्तितश्चैवं ज्ञातव्यम् विबुधैस् स्फुटम् ।।

मेष विषुवत् संक्रान्तिको पहिलो छ महिना (वैशाख देखि आश्विन) सम्मको राशि नामको पहिलो अक्षरको आधारमा ब्यक्तिहरूलाई के कस्तो शुभ र अशुभ फल प्रदान गर्दछन् ती निम्नानुसार रहेका छन्ः

यसपालिको वैशाख देखि आश्विनसम्मको संक्रान्ति फल कस्तो छ त ? हेरौँ राशि नामको पहिलो अक्षर वा नक्षत्रको आधारमा व्यक्तिलाई शुभ र अशुभ फल प्रदान गर्दछन् ती निम्नानुसार छन्ः

धनिष्ठा (गा,गी,गू,गे), शतभिषा (गो,सा,सी,सू), पूर्वभाद्रपदा (से,सो,दा,दी), उत्तरभाद्रपदा (दू,थ,झ,ञ), रेवती (दे,दो,चा,ची), अश्विनी (चू,चे,चो,ला), भरणी (ली,लू,ले,लो): शीर्षेः भूलाभः शीरमा परेकाले, शुभ ।

पूर्वषाढा (भू,ध,फा,ढा), उत्तरषाढा (भे,भो,जा,जी), श्रवण (खी,खू,खे,खो): मुखेः पाण्डित्यम् , मुखमा परेकाले शुभ ।

स्वाति (रु,रे,रो,ता) विशाखा (ति,तू,ते,तो), अनूराधा (ना,नि,नू,ने): जेष्ठा (नो,या,यी,यू), मूल (य,यो,भा,भी): हृदीः हृदयमा धनागम, शुभ ।

उत्तरफाल्गुनी (टे,टो,पा,पी), हस्ता (पू,ष,ण,थ), चित्रा (पे,पो,रा,री): दक्षकरेः स्त्री लाभ, शुभ ।

आर्द्रा (कू,ध,ङ,छ) पुनर्वसु (के,को,हा,ही), तिष्य (हु,हे,हो,डा): दक्षपादेः भ्रमणम्, दाहिने खुट्टामा भ्रमण हुने, शुभ ।

अश्लेषा (डी,डू,डे,डो), मघा (मा,मी,मू,मे), पूर्वफाल्गुनी (मो,टा,टी,टू): वामकरेः भैक्षम्, अशुभ ।

कृतिका (अ,ई,ऊ,ए), रोहिणी (ओ,बा,वी,बू), मृगशिरा (वे,वो,का,की): वामपादेः कष्टम्, अशुभ ।

समग्रमा अश्लेषा, मघा, पूर्वफाल्गुनी, कृतिका, रोहिणी र मृगशिरा नक्षत्रमा जन्मिएका ब्यक्तिहरूलाई अशुभ हुने देखिएकोले गङ्गा स्नान गरेर रुद्री, सत्यनारायण, चण्डी पाठ गराउनुका साथै हवन, ब्राह्मण तथा कन्यालाई दान दक्षिणा अर्पण गरेमा र भोजन गराएमा कष्ट निवारण हुन्छ ।

धनिष्ठा, शतभिषा, पूर्वभाद्रपदा, उत्तरभाद्रपदा, रेवती, अश्विनी, भरणी, पूर्वषाढा, उत्तरषाढा, श्रवण, स्वाति, विशाखा, अनुराधा, जेष्ठा, मूल, उत्तरफाल्गुनी, हस्ता, चित्रा, आरद्रा, पुनर्वसु र तिष्य नक्षत्र हुनेलाई राम्रो छ । अत: संक्रान्तिले शुभ फल दिन्छ । संक्रान्ति शुभ रहेकाहरुले पनि गङ्गा स्नान गरेमा अधिक शुभ फल प्राप्त गर्न सकिन्छ । अस्तु ॥

-ज्यो.पं. मुकुन्द शर्मा/हाम्रो पात्रोबाट

प्रकाशित : २०७८ चैत २९ गते १०:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI