प्रहरी बाेकेकाे जीप दुर्घटना : २ को मृत्यु, ८ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ३० गते ११:५३
प्रहरी बाेकेकाे जीप दुर्घटना : २ को मृत्यु, ८ घाइते

ओखलढुंगा । ओखलढुंगामा  बुधवार बिहानै बोलेराे दुर्घटनामा परेको छ । सोल्खुम्बुबाट विराटनगर जाँदै गरेको बा. १६ च १०९४ नम्बरको बोलेराे मानेभञ्ज्याङ ६, भडारे खोला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी बोलेरोमा सवार २ जना प्रहरीको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

सोलुखुम्बुबाट कार्यालयको कामले प्रहरी  लिएर विराटनगर हिँडेको  गाडीमा सवार दुई जना प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पुष्टि गरेको छ । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बोलेरोमा ८ प्रहरी, १ सर्वसाधारण र चालकसहित १० जना सवार रहेको र घटना बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत ३० गते ११:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI