देवचुलीमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ३० गते १३:१३
देवचुलीमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको ज्यान गयो

देवचुली । देवचुली नगरपालिका वडा नं १४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ ।

गएराती करिब १:१५ को समयमा नगरपालिका भन्दा डेढ सय मिटर उत्तरतर्फ भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी सन्तोष पाठकका अनुसार उत्तर बाट दक्षिण तर्फ आउदै गरेको बा.प्र.३–००३ प २०४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्याङजा जिल्ला वालिङ नगरपालिका ७ बस्ने वर्ष ३३ का धन बहादुर राना गम्भिर घाईते भएका थिए । गम्भिर घाईते रानाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा बिहान ०२: ४० बजे मृत्यु भएको हो ।

प्रकाशित : २०७८ चैत ३० गते १३:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI