No ads found for this position

ज्योतिषीय दृष्टिले यस्तो हुनेछ वर्ष २०७९

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १ गते ७:५५
No ads found for this position
ज्योतिषीय दृष्टिले यस्तो हुनेछ वर्ष २०७९
No ads found for this position

२०७९ सालको सम्वत्सार नाम नल हो । यो वर्षको राजा शनि ग्रह हो भने मन्त्री बृहस्पति ग्रह हो । शनि ग्रहको कारण यो वर्ष देशमा आपराधिक घटनाहरु, चोरी–लुट्पाट–बलात्कार जस्ता घटनाहरुमा न्यायका कारक शनि वर्षराजाको भूमिकामा भएका कारण कमि देखिनुका साथै सामाजिक सुशासन कायम हुनेछ ।

देशको राजनीतिमा उतारचढाव आउने देखिन्छ । राजनीतिक सन्तुलन मिलाउन राजनीतिक शक्ति, दल–गुट जनता सामु भुल एवं कमजोरी सुधार गर्दै धर्म, न्याय एवं जनमुखी विषयप्रति सचेत हुँदै अघि लाग्नेछन् ।

चिकित्सा क्षेत्रमा ठूलो खोज विकास हुनेछ । तर नयाँ रोगको भय भने कायमै होला । उद्योग एवं व्यापार मध्यम होला । बजारमा खाद्य अभाव एवं मूल्य वृद्धि समान गर्नुपर्ने होला ।

बैंक, वित्तीय संस्था एवं सहकारी संस्थामा अलि झमेला एवं विवाद देखिएला । खेतीपाती, जल, दूधजन्य पदार्थका काममा यो वर्ष कमी आउला । वर्षा कम हुँदा कृषि उत्पादनमा कमी होला ।

गाडी–फलाम, निर्माण सामग्री, खनिज पदार्थ, तेल, सुन–चाँदीको भाउ अनियन्त्रित होला । शेयर मार्केटमा आकर्षकको कमी होला । ठूला योजना एवं विकास कार्यमा रोकावट देखा पर्नेछ ।

प्राकृतिक विपत्ति, सुख्खा खडेरी, उच्च तापक्रम जस्ता समस्याको कारण जल वायु परिवर्तनको प्रभाव स्पष्ट देखिने छ ।
 


प्रकाशित : २०७९ वैशाख १ गते ७:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI