पाल्पामा दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ३ गते १०:२९
पाल्पामा दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते

पाल्पा । जिल्लाको रैनादेवी छहरा– ६ स्थित जुठापौवामा शुक्रबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाल्पाकै रैनादेवी छहरा वडा नं ६, धारापानीका ४२ वर्षीय बेदबहादुर जीसी र १० वर्षीय अशोक रास्कोटीको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सो दुर्घटनामा अन्य ४ जना सख्त घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ७ वर्षीय रोहित घर्ती, ८ वर्षीय मिलन बगाले र रोमन घर्ती, ९ वर्षीय खिमबहादुर घर्ती रहेका छन् ।

शुक्रबार साँझतिर ग १ ख ४९०२ नम्बरको बस सडकबाट करिब ४ सय मिटर तल खसेको जनाइएको छ । घाइतेहरुको अहिले पाल्पाकै लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : २०७९ वैशाख ३ गते १०:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI