No ads found for this position

भारतको आसाममा चट्याङ लागेर १४ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ६ गते १०:३४
No ads found for this position
भारतको आसाममा चट्याङ लागेर १४ को मृत्यु
No ads found for this position

भारतको आसाममा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको  छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको हो । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्‍याएको थियो ।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् ।

यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रकाशित : २०७९ वैशाख ६ गते १०:३४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI