फेसबुकमा यसरी बन्द गर्नुहोस् बर्थडे नोटिफिकेसन

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ६ गते १२:१२
फेसबुकमा यसरी बन्द गर्नुहोस् बर्थडे नोटिफिकेसन

नवलपुर । प्रविधिको आजको दुनियाँमा सामाजिक सञ्जाल फेसबुक धेरैको दिनचर्या बनेको छ । पोस्टमा आउने लाइक, कमेन्ट, मेन्सन त छँदै छ, कहिलेकाहिँ फेसबुकमा जोडिएका साथीको बर्थडे (जन्मदिन) सम्बन्धी नोटिफिकेसनले हैरान पार्ने गर्छ ।

लामो समयदेखि फेसबुक चलाउँदै आउनुभएको छ भने तपाईंसँग निकै धेरै साथी जोडिएका हुन्छन् । दैनिक ८/१० बर्थडे नोटिफिकेसन आउनसक्छ ।

आज हामी यसरी आउने बर्थडे नोटिफिकेसन कसरी बन्द गर्ने भन्नेबारे जानकारी दिँदैछाैं । यसका लागि निम्न तरिका अपनाउनुहाेस्:

-आफ्नो फेसबुक प्रोफाइल लगईन गर्नुहोस् ।

-सेटिङ्गमा जानुहोस् ।

-नोटिफिकेसनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि ‘बर्थडे’ मा जानुहोस् ।

-त्यहाँ आफूलाई चित्त नबुझेका सबै अप्सन बन्द गर्न सक्नुहुन्छ ।

यति गरिसकेपछि तपाईंलाई कुनै पनि बर्थडे सम्बन्धी नोटिफिकेसनले सताउने छैन ।

प्रकाशित : २०७९ वैशाख ६ गते १२:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI