थाहा पाइराख्नुहोस् मोबाइल हराउँदा तत्काल गर्नैपर्ने ५ काम

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ७ गते ९:४९
थाहा पाइराख्नुहोस् मोबाइल हराउँदा तत्काल गर्नैपर्ने ५ काम

काठमाडौं । एकछिन पछि तपाईँले अचानक आफ्नो पाइन्टको खल्तीमा हात पुर्‍याउनुहुन्छ । मोबाइल फोन गायब छ, तपाईँको होस उड्छ । चलाख मोबाइल चोरले छिनको छिन तपाईँको फोन यसैगरी गायब गरिदिन सक्छ ।

फोन चोरी भएसँगै तपाईँका निजी डकुमेन्ट र व्यक्तिगत डेटा खतरामा पर्छन् । साथै तपाईँलाई नयाँ फोनका लागि राम्रै खर्च गर्नुपर्ने हुन्छ ।

यदि तपाईँको मोबाइल चोरी भयो भने तत्काल गर्नैपर्ने केही टिप्स बताउँदै छौँ । जसबाट तपाईँको नोक्सानी केही कम हुन सक्छ ।

१. आफ्नो मोबाइल तुरुन्तै ब्लक गर्नुहोस्

यदि तपाईँको मोबाइल चोरी भएको छ भने सबैभन्दा पहिला उक्त डिभाइसलाई तुरुन्तै लक गर्नुहोस् । सम्बन्धित मोबाइल सेवाप्रदायकसँग सम्पर्क गरेर चिप क्यान्सिल गर्न समेत जरुरी हुन्छ । ताकि फोन कसैका लागि पनि काम लाग्ने नहोस् ।

तपाईँ सम्बन्धित मोबाइल सेवाप्रदायकको वेबसाइटबाट कम्पनीको सम्पर्क नम्बर फेला पार्न सक्नुहुन्छ । आईएमईआई नम्बरबाट समेत यो कार्य गर्न सम्भव हुन्छ । यो एउटा अन्तर्राष्ट्रिय रजिस्ट्री हो । जसबाट तपाईँले आफ्नो मोबाइल तुरुन्त बन्द गराउन सक्नुहुन्छ ।

यसका लागि नियामकले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउँदैछ । यसका लागि आफ्नो मोबाइलको आईएमई कोड कतै लेखेर राख्नुहोस् । मोबाइलको बक्स वा मोबाइल फोनमा यस्तो नम्बर तपाईँले पाउन सक्नुहुन्छ ।

२. आफ्नो एपको पासवर्ड परिवर्तन गर्नुहोस्

मोबाइल फोन चोरी भएको खण्डमा तपाईँले आफ्नो मोबाइलमा भएका सम्पूर्ण एपको पासवर्ड परिवर्तन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

यसो नगरेको खण्डमा फोन चोरी गर्ने व्यक्तिले तपाईँको निजी तथा व्यक्तिगत जानकारीमा समेत पहुँच बनाउन सक्छ । सामान्यतया बैंकिङ एप आफैँ अथेन्टिकेट हुँदैनन् ।

तर तपाईँको मोबाइल भएको व्यक्तिले ई-मेल, एसएमएस आदिको माध्यमबाट एपको पासवर्ड परिवर्तन गर्न सक्छ । केही एपको वेबसाइटमा पासवर्ड परिवर्तन गर्ने सुविधा हुन्छ । जसको सहयोगमा तपाईँले तत्कालै त्यस्ता एपको पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

फेसबुक तथा इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको पासवर्ड सेक्युरिटी तथा लगइन सेक्सनमा गएर परिवर्तन गर्न सकिन्छ । जिमेलमा पासवर्ड पर्सनल इन्फरमेसन सेक्सनमा गएर परिवर्तन गर्न सकिन्छ ।

३. बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउनुहोस्

यदि तपाईँको फोन चोरी भएको छ भने तुरुन्तै आफ्नो खाता रहेको बैंक तथा वालेट कम्पनीहरूलाई खबर गर्नुहोस् । यसबाट उनीहरूले तपाईँको फोनमा रहेको मोबाइल बैंकिङ एप ब्लक गर्न सक्छन् ।

यसबाट अपराधीले तपाईँको अकाउन्टबाट कुनै अर्को अकाउन्टमा पैसा ट्रान्सफर गर्नसक्ने सम्भावना समेत दूर हुन्छ । हरेक बैंकसँग यस्तो सेवा दिनका लागि आफ्नै प्रकारको माध्यम हुने गर्दछ । तपाईँले बैंकको वेबसाइटमा गएर उल्लेखित सम्पर्क नम्बर फेला पार्न सक्नुहुन्छ ।

४. आफ्ना साथी तथा परिवारका सदस्यलाई फोन चोरी भएको जानकारी दिन नभुल्नुहोस्

फोन चोरी हुँदा आफ्ना साथीभाइ तथा परिवारजनलाई त्यसको जानकारी दिन नबिर्सिनुहोस् । किन कि अपराधीले मेसेजिङ एप तथा सोसल मिडिया एपमा तपाईँका नातेदार तथा साथीहरूको सम्पर्क नम्बर खोजेर उनीहरूलाई समेत ठगीको सिकार बनाउन सक्छ । उनीहरूसँग रकम वा बैंकिङ विवरण माग्न सक्छ ।

५. प्रहरीमा उजुरी दिनुहोस्

मोबाइल चोरी हुँदा आफ्नो नजिकै रहेको प्रहरी कार्यालयमा गएर उजुरी दिनुहोस् । यसबाट तपाईँको फोन चोरी भएको प्रमाण सुरक्षित हुनेछ । बैंक, बीमा कम्पनी वा अन्य कुनै स्थानमा तपाईँको यो प्रमाण आवश्यक पर्न सक्छ ।

कतिपय समय त मोबाइल चोरी भएपछि त्यसमा रहेका तपाईँको पहिचान सम्बन्धी विवरण समेत चोरी हुने गर्दछन् । उजुरी परिसकेपछि त्यसमाथि अनुसन्धान गर्नु प्रहरीको जिम्मेवारी बन्न पुग्छ ।

कतिपय समय त प्रहरीले आईएमईआई नम्बरको आधारमा तपाईँको चोरी भएको मोबाइल फिर्ता ल्याइदिन पनि सक्छन् ।

प्रकाशित : २०७९ वैशाख ७ गते ९:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI