देवचुली-७ मा एमालेबाट वडा अध्यक्ष सहित ४ जना महिला उम्मेदवार हुने

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ७ गते १०:५१
देवचुली-७ मा एमालेबाट वडा अध्यक्ष  सहित ४ जना महिला उम्मेदवार हुने

देवचुली । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकाको वडा नम्बर ७ मा नेकपा एमालेबाट वडाध्यक्ष र ३ जना सदस्यमा महिलाको उम्मेदवारी रहने भएको छ ।

नेकपा एमाले देवचुली वडा नम्बर ७ ले जनप्रतिनिधि मध्ये ४ जना महिलालाई अघि सारेको छ ।

सोमबार साँझ बसेको भेलाले नेकपा एमाले देवचुली ७ को वडाध्यक्ष पदमा भुमिसरा आलेलाई उम्मेदवारको रुपमा अगाडि सारेको नेकपा एमाले देवचुली नगर समितिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए ।

यसैगरि वडा सदस्यतर्फ ओमप्रकाश तिवारी, महिला वडा सदस्यतर्फ खिलकुमारी तामाङ, रुपा काफ्ले र दलित महिला सदस्यतर्फ आशा विकलाई उम्मेदवारको रुपमा अगाडि बढाइएको नेकपा एमाले देवचुली नगर समितिका सचिव डिलाराम पाण्डेले बताए ।

 

 

प्रकाशित : २०७९ वैशाख ७ गते १०:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI