मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरिँदा युवतीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ७ गते ११:०७
मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरिँदा युवतीको मृत्यु

मोरङ- मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी  मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका –८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् ।  गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिराटनगर स्थित बिराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनी मोटरसाइकलबाट लडेकी थिइन् ।

मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७९ वैशाख ७ गते ११:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI