मध्यविन्दुमा माओवादी केन्द्रबाट प्रमुखमा खनाल र उपप्रमुखमा अधिकारीको उम्मेदवारी

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ८ गते ७:५८
मध्यविन्दुमा माओवादी केन्द्रबाट प्रमुखमा खनाल र उपप्रमुखमा अधिकारीको उम्मेदवारी

नवलपुर । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मध्यबिन्दु नगरपालिकामा नगरप्रमुख र उपप्रमुख पदको उम्मेदवार टुङगो लगाएको छ ।

नगरप्रमुख पदका लागि नेकपा माओबादी केन्द्र मध्यबिन्दु नगरपालिकाबाट नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य तथा नवलपुर जिल्ला सचिव  सुष्मा खनाल अर्याल ( सम्झना) र उपप्रमुख पदमा वाइसीएलका केन्द्रीय सदस्य  खुमाकान्त अधिकारी (अनन्त) लाई सर्वसम्मत चयन गरेको हो ।

नगरप्रमुख र उपप्रमुखसँगै १५ वटै वडाका  वडाध्यक्ष तथा सदस्यहरु समेत टुङगो लगाएको जिल्ला अध्यक्ष धनप्रसाद सापकोटाले जानकारी दिए । बिहिबार सम्म नवलपुर जिल्लाका आठै वटा स्थानिय तहका उम्मेद्वारको टुङगो लगाउने समेत जानकारी दिए ।

प्रकाशित : २०७९ वैशाख ८ गते ७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI