आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १६ गते ८:४५
आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन

नवलपुर । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आज दिउँसोसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन् । फिर्ता लिने लिइसकेपछि निर्वाचन आयोगले आजै साँझ उम्मेदवारको अन्तिम अन्तिम नामावली प्रकाशन गर्नेछ ।

दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । बागी उम्मेदवारी दिनेले पनि आज उम्मेदवारी लिन पाउनेछन् ।

विभिन्न दलबाट बागी उम्मेदवारी दिनेलाई फिर्ता गराउन नेताहरु लागि परेका छन् ।

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ ।

 

प्रकाशित : २०७९ वैशाख १६ गते ८:४५
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI