बुलिङ्गटारको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला समन्वय समिति अध्यक्ष आलेद्वारा उम्मेदवारी फिर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १६ गते २१:१९
बुलिङ्गटारको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला समन्वय समिति अध्यक्ष आलेद्वारा उम्मेदवारी फिर्ता

नवलपुर । बुलिङ्गटारको गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला समन्वय समिती नवलपुरका प्रमुख चेसराम आलेले उम्मेद्वारी फिर्ता लिएका छन । टिकट बितरणमा असन्तुष्टि जनाउदै जिल्ला समन्वयका प्रमुख समेत रहेका आलेले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।

 

त्यसैगरी उपमेयरमा बागी उम्मेद्वारी दिएकी मैना वि.कले समेत उम्मेद्वारी फिर्ता लिएकी छिन । बिक अघिल्लो स्थानिय चुनावमा उपमेयर पदमा विजयी भएकी थिइन ।

त्यसै गरि वडा नं ३ का वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका चन्द्र लम्कान, दलित महिला सदस्य तारादेवी दर्जी, महिला सदस्य सुकमाया राई ,वडा सदस्य केशर बहादुर कमाल र सन्त बहादुर पुलामी वडा नं ४ बाट का वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका  भरतसिंह आले, वडा नं ५ बाट दलित महिला सदस्य सन्तुमाया दमाईले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन ।

बैशाख ३० गते हुने स्थानिय चुनावमा बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा शशिकिरण वास्ताकोटी र उपाध्यक्षमा दिलमाया रानाले उम्मेद्वारी दिएका छन । बास्ताकोटी यस अघि पनि अध्यक्ष पदमा विजयी भएका थिए ।

 

प्रकाशित : २०७९ वैशाख १६ गते २१:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI