No ads found for this position

भारतीय निगुरोबाट नेपाली ठगिँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १८ गते २०:२६
No ads found for this position
भारतीय निगुरोबाट नेपाली ठगिँदै
No ads found for this position

नारायण शर्मा/नवलपरासी — नारायणी नदीपारि सुस्ता छ । सुस्ताको तीनतिर भारतीय बाल्मीकि राष्ट्रिय निकुन्जमा निगुरोको जंगल नै छ । भारतीयहरु यो साग खादैनन् । यो खाने साग हो भन्ने उनीहरुलाई जानकारी पनि नहुन सक्छ । हरेक परिवार बिहान एउटै धन्दामा सक्रिय हुन्छन् निगुरो टिपेर नेपालीलाई बेच्न ।

वर्षौदेखि सयौं भारतीय यही निगुरो बेचेर गुजारा गर्दै आएका छन् । यसपटक देशभरीका मुख्य बजार सुस्तापारि भारतीय जंगलमा हुने निगुरो (निउरो)ले ओगटेको व्यापारीहरु बताउँछन् ।

भारतीय जंगलमा पाउने यो निगुरो उन्यू प्रजातिको घाँस हो । यहाँ पाउने निगुरो र नेपालको पहाडमा पाउने निगुरोको स्वादमा धेरै फरक छ । पहाडमा पाउने निगुरोको डाँठ मोटो, रंग कालो हुन्छ र मुन्टो घुम्रिएको हुन्छ । सुस्तामा पाउने निगुरोको डाँठ पहाडीभन्दा पातालो, मसिनो हुन्छ । टुप्पो घुम्रिएको । स्वाद पनि तिख्खर हुन्न । भारतीयले दैनिक एक ट्रक निगुरो पारिपट्टीको भेडियारी नेपाली बजारका खरिदकर्तालाई दिन्छन् । सुस्ताको निगुरोमा महिनाको लाखौं कमाउने बिचौलियाले सुस्तेली र भारतीयहरुसँग प्रतिमुठा ५ रुपैयाँमा खरिद गर्छन् र नेपाली बजारमा ५० रुपैयाँ प्रतिमुठा बिक्री गर्छन् ।

सुस्ताको निगुरो भारतीय जंगलबाट टिपेर ट्रयाक्टरमा ल्याउँछन् । त्यहाँबाट नाउमा राखेर १७ सय मिटर लामो नारायणी तारेर नेपाली बजारमा लगिन्छ । नेपाली भूमि हुँदै सुस्ता आउजाउ गर्न नारायणी नतरी सुखै छैन । हिउँद-बर्खा सधैंजसो निगुरोको माग अत्यधिक रहेको छ । नारायणी नदीवारि ल्याएपछि बिचौलीको राज सुरु हुन्छ । हरेक साँझ एक ट्रक निगुरो नेपाली बजारमा लगिन्छ । काठमाडौं, बुटवल, पोखरा, नेपालगंज, नारायणगढको मुख्य तरकारी बजारमा यहाँको साग एकाबिहानै पुगिसक्छ ।

त्यो निगुरो ताजा र बिसादीरहित वा मलखाद नमिसाउने माग अत्यधिक छ । यसलाई आर्गेनिक तरकारी (साग)का रुपमा बजारमा माग सधैं एकनासको रहने गरेको स्थानीय उमा गिरी बताउँछिन् ।

प्रकाशित : २०७९ वैशाख १८ गते २०:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI