कावासोती : सामुदायिक विद्यालयको आधारभुत तह सम्म दिवा खाजा नि:शुल्क बनाउने गठबन्धनको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख २० गते २१:३६
कावासोती : सामुदायिक विद्यालयको आधारभुत तह सम्म दिवा खाजा नि:शुल्क बनाउने गठबन्धनको घोषणा

कावासोती । स्थानीय तहको निर्वाचनका लागि   कांगेस सहित ५ दलिय गठबन्धनले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

मंगलबार कावासोतीमा एक कार्यक्रमको आयोजना गरि कावासोतीमा नेपाली कांगेस सहित ५ दलिय गठबन्धन सरकार स्थापित भए पुरा गर्ने योजना तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

मंगलबार सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा कावासोतीमा गठबन्धनको स्थानिय सरकारले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुको आधारभुत तहसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने कार्यक्रम राखिएको छ । “नेपाल सरकारले कक्षा ५ सम्म दिवा खाजा व्यवस्था गरेको छ त्यो बाहेक गठबन्धनले कक्षा ८ सम्म दिवा खाजा नगरको तर्फबाट व्यवस्था गर्ने छ,”गठबन्धनको प्रतिबद्धता पत्रमा भनिएको छ । गठबन्धनको  शिक्षा क्षेत्रको प्रतिबद्धताहरु तल हेर्नुहोस ।

शिक्षा :

— नगर भित्रका साामुदायिक विद्यालयहरुमा २ जना क्याम्पसहरुमा १ जना शिक्षक
प्राध्यापकको तलब भत्ता नगरपालिकाले भुक्तानी दिने व्यवःथा गरिने छ .
— प्राविधिक धार तर्फ इन्जिनियरीङ्ग कृषि विज्ञान विषयका एक एक वटा प्राविधिक शिक्षालय सन्चचालन गरिने छ ।
— प्रत्येक विद्यालयमा प्रविधिको पहुँच पु¥याई आईसिटी कक्षा सन्चालन गरिने छ ।
— सबै आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजाको व्यवःथा गरिने छ ।
— संस्थागत विद्यालयहरु सँग सहकार्य गरी साार्वजानिक विद्यालयमा अध्ययन गर्ने छात्र छात्राका लागि छात्रवृत्ति कोषको स्थापना गरिने छ ।
— सिकाई उपलब्धि र नतिजाको आधारमा विद्यालय र क्याम्पसहरुलाई पुरस्कृत गर्ने, अनुदान दिने नीति तर्जुमा गरिने छ ।
— माध्यमिक तह;म्मको शिक्षा पुर्ण निःशुल्क, अनिवार्य, सर्वसुलभ र गुणस्तरिय गराईने छ ।
— प्रत्येक वडामा सामुदायिक अध्ययन केन्द« स्थापना गरी सीपमुलक तथा निरन्तर
सिकाई कार्यक्रम गरिने छ ।
— अति विपन्न दलित, फरक क्षमता भएका बालबालिकाहरुलाई निःशुल्क पाठ्यसामाग्री,
विशेष छात्रवृत्ति प्रदान गरिने छ ।
— वालमैत्री वातावरणको सृजना गरी सिकाई प्रक्रियालाई प्रभावकारी बनाउने नीति तय
गरिने छ ।
— दीर्घकालिन शैक्षिक रणनीति तयार गरी कावा;ोती नगरपालिका लाई स्थानीय पाठ्यक्रम
सहितको शैक्षिक हबको रुपमा विकास गरिने छ
—मन्टेश्वरी (शिशु कक्षा) नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा व्यवस्थित तरिकाले
सन्चालन गरिने, मन्टेश्वरी तालिमको व्यवस्था गर्ने तथा स्थानिय पाठ्यक्रमको प्रयोगमा
जोड दिइनेछ ।
— विद्यार्थीलाई उत्पादन संग जोड्न पढ्दै कमाउदै कार्यक्रमलाई नगरभित्रका सबै सामुदायिक
विद्यालयमा प्रभावकारी ढंगले संचालन गरिने छ ।
— नगर भित्र सन्चालनमा रहेका शैक्षिक संस्थाहरुसँग समन्वय गरि बहुप्राविधिक विद्यालय
सन्चालन गरिने छ ।

प्रकाशित : २०७९ वैशाख २० गते २१:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI