हुप्सेकोटमा दोस्रो पटकका लागि मत माग्दै पाण्डेको घोषणा, “बाकी कार्यभार पूरा गर्न मत दिनुस”

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख २० गते २१:४७
हुप्सेकोटमा दोस्रो पटकका लागि  मत माग्दै पाण्डेको घोषणा, “बाकी कार्यभार पूरा गर्न मत दिनुस”

नवलपुर स्थानीय तह निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दल र उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएका छन । अहिले उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन ।

हुप्सेकोट गाउँपालिकामा  गठबन्धन नगरी एक्लै मैदानमा आएको नेपाली कांग्रेसको अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले पनि घरदैलो अभियानलाई तिव्र रुपमा अगाडि बढाएका छन । गाउँपालिका अध्यक्षका उम्मेदवार लक्ष्मीदेवि पाण्डेले समृद्ध हुप्सेकोट बनाउन बाकि रहेका योजनाहरुलाई पुरा गर्दै जनभावना अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य,बाटो निर्माण देखि लिएर महिला वालवालिका, जेष्ठ नागरिक र अपाङगता भएकाहरुको अधिकार संरक्षण गर्दै सशक्तिकरण गर्ने, सेवा प्रवाहलाई छिटो छरितो गर्ने लगाएका योजनाहरु सहित मतदाता संग मत माग्दै आफ्नो समुहलाइ मतदान गर्न आग्रह गर्नुभएको थियो ।

 

कार्यकर्ता सहित अध्यक्ष पदका उम्मेदवार लक्ष्मिदेवि पाण्डे र उपाध्यक्ष पूर्ण सिं राना लगाएतको समुहले विहान देखि नै वडा नम्बर २ को कोलिया क्षेत्रमा घरदैलो गरेको छ । समृद्ध हुप्सेकोट बनाउने आफ्ना योजना संगै जनचाहना र सुझावहरु ग्रहण गर्दै घरदैलो कार्यक्रमलाई तिव्रता दिइएको अध्यक्ष पदका उम्मेदवार पाण्डेले बताउनुभयो ।

प्रकाशित : २०७९ वैशाख २० गते २१:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI