बुलिङ्गटारको समृद्धिका लागि फेरि पनि कांग्रेसकै नेतृत्व अपरिहार्य : पुर्व जिसस अध्यक्ष आले

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख २० गते २१:५९
बुलिङ्गटारको समृद्धिका लागि फेरि पनि कांग्रेसकै नेतृत्व अपरिहार्य : पुर्व जिसस अध्यक्ष आले

बुलिङटार । नेपाली काँग्रेसले पालिका स्तरीय चुनावी अभियानका क्रममा बुलिङटार-१ कोटथरमा कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महासमिति सदस्य तथा पूर्व जिसस अध्यक्ष चेसराम आलेले उक्त कुरा बताउनु भएको हो । वहाँले पार्टि भित्रको लडाईका लागि मैले उम्मेदवारी दिएपनि चुनाव पछि समिक्षा गर्ने गरि मैले उम्मेदवारी फिर्ता लिएको जानकारी गराउनु भएको छ । नेपाली काँग्रेस अहिले चुनावी अभियानमा लागेकाले पार्टि भित्र कुनै द्धोष नरहेको र बुलिङटार हाम्रो हो, यसको समृद्घिका लागि नेपाली काँग्रेसले जीत्न जरुरी रहेको कुरा बताउनु भयो ।
काेण सभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्षका उम्मेदवार शशिकिरण बस्ताकोटीले आफ्नो कार्यकालमा कोटथरमा संचालित प्राथमिक तहको शिक्षालाई आधारभूत तह सम्म पु¥याउन पहल गर्ने प्रतिवद्घता व्यक्त गर्नुभएको छ । म कुनै पनि हालतमा शिक्षा र स्वास्थ्यको मामलामा पछि नहट्ने र मेरो पहिलो प्राथमिकता यी दुई कुरामा रहने कुरा व्यक्त गर्नुभएको छ । विद्यमान सिचाई आयोजना र थप आयोजनाबाट टार क्षेत्रहरुमा कृषि क्रान्ती गर्न आवश्यक रहेको त्यसका लागि मैले घोषणा पत्र मार्फत प्रतिवद्घता व्यक्त गरेको कुरा बताउनु भएको छ ।
साथै गुनासा र आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी रानाले कोटथर क्षेत्रलाई सुन्तला, अदुवा, अलैची, कुचो खेतीलाई व्यवस्थित गर्दै सहज सडक बनाई बजार सम्म पु¥याउन सके मात्र यस क्षेत्रको विकास हुने त्यसका लागि नेपाली काँग्रेसका सात रुखमा छाप लगाई नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जीताउन आवश्यक रहेको कुरा मगर भाषामा नै बताउनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बुलिङटार पार्टि सभापति ओम कुमार श्रेष्ठले पार्टि र व्यक्तिसँग रहेको बिमतिलाई चिर्दै बुलिङटार काँग्रेस एक छ र सबै ३२ जना सदस्यहरुले नै जित्ने दावि गर्नुभएको छ ।
त्यस्तै कोटथर, सतिडाडाँ, ओख्ले साथै त्यस क्षेत्रको समस्या र गुनासोको बारेमा त्यस क्षेत्रका नेपाली काँग्रेसका अग्रज नेता केशर बहादुर वाचेले उम्मेदवारहरुलाई जानकारी गराउनु भएको थियो ।

प्रकाशित : २०७९ वैशाख २० गते २१:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI