कावासोती १३ मा एमालेबाट पार्टि परीत्याग गरी २० जना कांग्रेसमा प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख २६ गते १६:०६

कावासोती नगरपालिका वडा नम्बर १३ मा सोमबार नेकपा एमाले पार्टि परित्याग गरी २० जना कांग्रेसमा प्रवेश गरेका छन् । एक कार्यक्रमका विच एमाले पार्टि परित्याग गरी कांग्रेसमा प्रवेश गरेका वडाध्यक्षका उम्मेदवार विनोद रानामगरले बताउनु भयो ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री  डा शंशाक कोइरालाले फुलमाला अविर लगाइ स्वागत गर्नुभएको छ । कावासोती १३ को कार्यक्रमलाई सम्वोधन गर्दै डा कोइरालाले नेकपा एमाले ले मत पाएर चुनाव जितेको भए पनि जनताको मर्मर र भावना बुझ्न नसकेकोे भन्दै अब जनताले कांग्रेसलाई मत दिनुपर्ने बताउनुभयो ।


२०७४ मा जे जस्तो भएपनि यसपटक नेपाली कांग्रेसले वहुमतका साथ विजयी भइ पहिलो पार्टि बन्ने मा विश्वस्त रहेको बताउनु भयो । नेकपा एमाले काम भन्दा भाषणमा मात्र सिमित रहेको भन्दै अव कांग्रेसले काम गरेर देखाउने बताउनु भयो । आज बिहिवार कावासोती १३ मा कांग्रेसको जुन लहर आएको छ देशमा भरी कांग्रेसमय भएको बताउनु भयो ।
यसैगरी कावासोति नगरपालिका वडा नम्बर १३ को विभिन्न स्थानमा नेपाली कांग्रेसले  विशाल र्याली सहीत घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ ।

प्रकाशित : २०७९ वैशाख २६ गते १६:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI