भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख २९ गते २०:५७
भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने
sf]/f]gf /f]usf ;+qmldtx? w]/} b]lvg yfn]kl5 g]kfn ;/sf/n] j};fv !^ b]lv @ xKtf ;Dd sf7df8f}+ pkTosfdf ns8fpg 3f]if0ff u/]kl5 ;'g;fg l;+xb/jf/jf6 eb|sfnL hfg] ;8s v08 . t:jL/ M k|bLk/fh jGt,/f;;

२९ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।

निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए । तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् ।

डीआईजी सुवेदी भन्छन्, ‘आजै राति १२ बजेपछि सवारीसाधन नचलाउन हाम्रो अनुरोध हो, बिहान ६ बजेदेखि त पूर्णतः निषेध नै गरिन्छ ।’ बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने नेपाल प्रहरीको तयारी छ ।एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नहोस्, अनावश्यक प्रभाव पार्ने काम नहोस् भन्ने लगायतका कारणले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ वैशाख २९ गते २०:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI