हुप्सेकोट : तीन वटा वडामा कांग्रेसको प्यानल , अध्यक्ष र उपाध्यक्षमा पनि अग्रता

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १ गते ९:१९
हुप्सेकोट : तीन वटा वडामा कांग्रेसको प्यानल , अध्यक्ष र उपाध्यक्षमा पनि अग्रता

हुप्सेकोट । हुप्सेकोट गाउँपालिकामा मत गणनाको क्रम जारी छ । अहिले सम्म ३ वटा वडाको मतगणना सम्पन्न भईसकेको छ । मतगणना सकिएका सबै वडामा नेपाली काङ्ग्रेसका उम्मेद्बारहरु बिजयी भएका छन ।
वडा नम्बर ६ मा छाम बहादुर सोमैले १०१ मतान्तरले,वडा नम्बर ५ मा पदम बहादुर राना ३९३ मतान्तरले र वडा नम्बर १ मा प्रेम बहादुर घर्ती मगर १८० को मतान्तरले प्यानल सहित वडा अध्यक्षमा बिजयी भएका हुन । सोमै र राना दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन भने यी ३ वटै वडा २०७४ सालको स्थानिय निर्वाचनमा पनि नेपाली काङ्ग्रेसले जित निकालेको थियो । सम्पन्न ३ वडाको मतगणनामा नेपाली काङ्ग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेद्बारलाई ४८४ र उपाध्यक्षलाई ५७५ मतको अग्रता मिलेको छ । अझै ३ वडाको मतगणना बाँकी रहेकाले हुप्सेकोटको नेतृत्व कुन दलले गर्छ यसै भन्न नसकिने जानकारहरु बताउँछन ।

प्रकाशित : २०७९ जेठ १ गते ९:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI