देवचुली-१५ मा गठबन्धन प्यानल विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २ गते ९:२५
देवचुली-१५ मा गठबन्धन प्यानल विजयी

नवलपुर । देवचुली नगरपालिका वडा नं १५ मा नेपाली काँग्रेस (गठबन्धन) को प्यानल नै विजयी भएको छ ।

वडामा नेपाली काँग्रेस (गठबन्धन) का वडाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र रानाभाट सहित प्यानल नै विजयी भएको हो ।

वडाध्यक्ष पदका उम्मेदवार रानाभाटले ६ सय ९१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एकालेका जीवन श्रेष्ठले ५ सय ८१ मत ल्याएका थिए । रानाभाटले श्रेष्ठलाई १ सय १० मतले पराजित गरेका छन् ।
यसैगरि महिला वडा सदस्यमा नेपाली काँग्रेस (गठबन्धन) का माया सुवेदीले ८ सय ३८, दलित तर्फ अनिता श्रेष्ठले ८ सय ६९, खुल्ला सदस्यमा प्रेम प्रसाद खनालले ७ सय ५९ र मान कुमार श्रेष्ठ ८ सय ४० मत ल्याएर विजयी भएका छन् ।

वडाध्यक्ष रानाभाट २०७४ सालको स्थानीय तह निर्वाचनमा देवचुली १५ को वडा सदस्य रहेका थिए ।

प्रकाशित : २०७९ जेठ २ गते ९:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI