कावासोतीको मेयरका दुई प्रतिस्पर्धिको तेश्रो जम्काभेट

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ५ गते १६:५०
कावासोतीको मेयरका दुई प्रतिस्पर्धिको तेश्रो जम्काभेट

नारायण शर्मा पूर्वी/नवलपरासी
पुर्वी नवलपरासीको जिल्ला सदरमुकाम कावासोतीको मेयर र उपमेयर सहित बहुमत वडा अध्यक्षमा एमाले बिजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले दिएको जानकारी अनुसार मेयरमा एमालेका बिष्णु प्रसाद भुसाल ३ सय ४ मतान्तरले बिजयी भएका हुन । भुसालले १८ हजार ६ सय ८ मत ल्याएका छन भने उनका निकटतम प्रतिस्पर्धि कांग्रेसका महेन्द्र पोखरेलले १८ हजार ३ सय ४ ल्याएका छन । पोखरले यस अघि पनि कावासोतीमा मेयरमा पराजित भएका थिए ।

त्यसैगरि उपमेयरमा एमालेकी फुलकुमारी महतोले १९ हजार २४ मत ल्याएकी छन । उनका प्रतिस्पर्धि माओवादी केन्द्रका पतिराम थनेतले १३ हजार ५ सय ६१ मत पाएका छन । कावासोतीका १७ वार्ड मध्ये १२ वटा एमाले एक्लै जितेको छ । नेपाली कांग्रेसले ४ वटा वडामा बिजयी भएको छ भने माओवादी केन्द्रले एउटा वडा जितेको छ ।

मेयरका दुई प्रतिस्पर्धिको तेश्रो जम्काभेट

कावासोतीमा बिजयी मेयर बिष्णु भुसाल र निकटतम प्रतिस्पर्धि महेन्द्र पोखरेल बिच यो समेत तेश्रो पटक चुनावी टक्कर परेको हो । कावासोती खानेपानी संस्थाको अध्यक्षमा थी दुई जना नै दुई पटक प्रतिस्पर्धा गरेका हुन । खानेपानिको अध्यक्षमा यी दुइले दुई पटक प्रतिस्पर्धा गर्दा दुबै पटक भुसाल बिजयी भएका थिए । उनै भुसालसंग कावासोतीको मेयरमा पोख्ररेल फेरी पराजित भएका हुन । उनिहरु बिच कावासोती खानेपानीमा दुइ पटक र कावासोतीको मेयरमा एक पटक जम्काभेट भएको हो । भुसालले ति सबै चुनाबमा पोखरेललाई पराजित गरेका हुन । यहा यी दुबै जना अति मिल्ने दोस्ती भनेर चिनिन्छन ।

चर्चामा रिभरकुमार श्रेष्ठ

एमालेको गढ मानिएको कावासोती नगरपालिका वडा नम्बर ९ मा यस पटक युवा ब्यबसायी रिभरकुमार वार्ड अध्यक्षमा बिजयी भएका छन । पहिलो पटक ९ महिना अघि कांग्रेसको वडा सभापतिमा सर्वसम्मत चुनिएका श्रेष्ठ एमालेको गढ भत्काएर अध्यक्षमा निर्वाचित भएका हुन । क्रसर ब्यबसाय गर्दैागर्दै राजनितिमा आएका श्रेष्ठले एमालेका आफना प्रतिस्पर्धिलाई १ सय १८ मतले पराजित गरेका हुन । त्यहा अन्य २ जना वडा सदस्यमा कांग्रेस बिजयी भएका छन भने २ महिला सदस्य एमालेका बिजयी भएका छन ।
२०७४ सालको निर्वाचनमा १ सय ३० मत अन्तरले त्यहि वडामा एमालेका उम्मेदवार वडा अध्यक्षमा बिजयी भएका हुन । सकृय राजनितिमा आएको ९ महिनामै एमालेको गढ भत्काएर वडा अध्यक्ष चुनिएपछि रिभरकुमार श्रेष्ठको चर्चा चुलिएको छ । उनले आफनो वडा हेर्न लायक र बस्न लायक बनाउने बताए । निमुखा समुदायको हरेककामलाई पहिलो प्राथामिकता दिने उनले सुनाए ।

प्रकाशित : २०७९ जेठ ५ गते १६:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI