स्थानिय तहको नतिजा अन्तिम चरणमा, ७५३ स्थानीय तहमध्ये ७२६ को नतिजा घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ९ गते ९:३९
स्थानिय तहको नतिजा अन्तिम चरणमा, ७५३ स्थानीय तहमध्ये ७२६ को नतिजा घोषणा

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७२६ तहको अन्तिम नतिजा घोषणा भएको छ । अब २७ स्थानीय तहको नतिजा घोषणा हुन बाँकी रहेको आयोगले जनाएको छ ।

आयोगले जेठ ५ गते नै निर्वाचनको मतगणना सक्ने लक्ष्य लिएपनि विभिन्न कारणले गणना लम्बिएको छ । आयोगले १० गतेभित्र सबै तहको नतिजा सकिसक्न पुनः निर्देशन दिएको छ ।

२७ स्थानीय तहमध्ये अधिकांशको मतगणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं र ललितपुरबाहेक भरतपुर, पोखरा र वीरगन्जको पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

हालसम्मको नतिजाअनुसार सबैभन्दा बढी स्थानीय तह जितेर काँग्रेस पहिलो पार्टी बन्दा एमाले तेस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै जसपा चौथो दल बन्दा एकीकृत समाजवादी पार्टी पाँचौं स्थानमा पुगेको छ ।

प्रकाशित : २०७९ जेठ ९ गते ९:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI