तीन वटा वडाको मत गणना गर्न बाँकी छदैँ भरतपुर महानगरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ९ गते १५:३८
तीन वटा वडाको मत गणना गर्न बाँकी छदैँ भरतपुर महानगरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी

चितवन: भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

तीन वटा वडाको मत गणना गर्न बाँकी नै भए पनि उनीहरुको अग्रता गन्न बाँकी मत भन्दा बढी भएकोले विजय सुनिश्चित भएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा भने मतदान सकिएपछि मात्र गर्नेछ ।भरतपुर महानगरपालिकामा अब तीन वटा वडा २७, २८ र २९ को मत गणना गर्न बाँकी रहेको छ । वडा २७, २८ र २९ मा खसेको मत १० हजार ३२४ मत गणना गर्न बाँकी छ ।भरतपुरका २४ वटा वडाको नतिजा आइसकेको छ । जसमा वडा नं ३, ११, १२, १८ र १९ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् । १३ र २४ नम्बर मा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । ७, ९, २२ मा एकीकृत समाजवादी र बाँकी सबै वडामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।

अहिलेसम्मको मतगणनाअनुसार मेयरमा रेनु दाहालले ४५ हजार ३८९, विजय सुवेदीले ३४ हजार ७३८ र जगन्नाथ पौडेलले १३ हजार ८२२ मत ल्याएका छन् । मेयरमा विजय सुवेदीभन्दा रेनु दाहाल १० हजार ६५१ मतले अगाडि रहेका कारण उनको जित सुनिश्चित भएको छ ।

त्यसैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १९ हजार ६७ मतको अग्रता लिएका छन् । उनले ४६, ४७१ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २७ हजार ४०४ मत ल्याएकी छन् । जित सुनिश्चित भएसँगै भरतपुरमा गठबन्धनले भोलि विजय जुलुसको तयारी गरिरहेको छ ।

प्रकाशित : २०७९ जेठ ९ गते १५:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI